नियम ६१
ऋण लिने अधिकार
समितिले समय समयमा आफुलाई मनासिब लागे बमोजिम ऋणहरू लिन उठाउन र त्यसबाट कर्पोरेशनको प्रयोजनको निमित्त कुनै रकम भुक्तानी गराउन सक्नेछ । शेयरहोल्डरहरूले पनि कुनै धितो लिई वा नलिई कर्पोरेशनलाई ऋणदिन सक्नेछ ।
तर कर्पोरेशनले लिई राखेको र लिने भएको ऋणको रकम मिलाएर कुनै रकम कर्पोरेशनको चुक्ता पूँजीको समूचा रकम र कर्पोरेशनको पृथक रहेको रिर्जभको रकमभन्दा बढी भएमा समितिले साधारण सभाको अनुमति बिना त्यस्तो ऋण लिन पाउने छैन ।